
काठमाडौं, २९ डिसेम्बर २०२४
काठमाडौं फोटोग्राफर संघको आयोजनामा भएको KPA Wedding Photo Award 2024 भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमले नेपाली फोटोग्राफी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउँदै प्रतिस्पर्धाको माध्यमबाट नेपाली कला, संस्कृति, र परम्परालाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मा. बद्री प्रसाद पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सल्लाहकारज्यूहरू, संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरू, निर्णायक मण्डलका सदस्यज्यूहरू, र विभिन्न जिल्लाबाट आएका पदाधिकारीज्यूहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने फोटोग्राफरहरूलाई सम्मान प्रदान गरियो। यो अवार्डले फोटोग्राफी क्षेत्रलाई मात्र नभई नेपाली कला र संस्कृति प्रवर्द्धन गर्ने माध्यमको रूपमा पनि महत्त्वपूर्ण भूमिका खेलेको संघका अध्यक्ष हरि प्रसाद घिमिरेले बताए।
उक्त कार्यक्रममा प्रायोजक, मिडिया पार्टनर, र कार्यक्रमको सफलताका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैलाई संघले विशेष धन्यवाद प्रकट गरेको छ।

अध्यक्ष घिमिरेले भने:”यो अवार्ड कार्यक्रमले नेपाली फोटोग्राफीलाई विश्वभर चिनाउने प्लेटफर्म प्रदान गर्दै, हामी सबैलाई प्रेरणा दिएको छ। यस सफल यात्रामा साथ दिने सबैलाई हार्दिक आभार।”
कार्यक्रमले नेपाली फोटोग्राफी क्षेत्रलाई समृद्ध बनाउन थप योगदान दिने विश्वास लिइएको छ।
केपीए वेडिङ फोटो अवार्ड २०२४’ प्रतिश्पर्धामा उत्कृष्ट १ सय तस्विरलाई पछि पार्दै उत्कृष्ट बनेको हो ।
मगरले फुल फ्रेम मिररलेस क्यामेरासहित विभिन्न उपहारहरू जित्न सफल भएका छन् ।
विभिन्न जातजातिका धर्म संस्कृति झल्किने तस्बिरहरूको उत्कृष्ट १०० फोटोहरू र उत्कृष्ट भिडियोहरु मध्येबाट ५ भिडियोहरुलाई संस्कृति पर्यटन तथा उडयन मन्त्री बद्री पाण्डेले पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार वितरण समारोहमा सहायक बिधामा प्रि पोस्ट वेडिङ तर्फ उत्कृष्ट दिपक मैनाली बने । भिडियोतर्फ उत्कृष्ट भिडियोतर्फ पशुपति श्रेष्ठले ड्रोन क्यामेरा सहित विभिन्न उपहारहरू प्राप्त गरे।
संस्कृति पर्यटन तथा उडयन मन्त्री पौडेलले सबै फोटोहरू उत्कृष्ट रहेको र नेपाली संस्कृति र परम्परामा आधारित विवाहमा खिचिएका तस्बिरहरु र भिडियोहरूले नेपाली परम्परा र संस्कृतिको जगेर्ना गर्ने बताए ।