"KPA Wedding Photo Award 2024" को घोषणा, नेपाली फोटोग्राफरहरूको सम्मानको विशेष अवसर

  1. काठमाडौँ फोटोग्राफर संघले नेपालमा विवाह फोटोग्राफी र भिडियो निर्माण क्षेत्रमा विशेष योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिहरूलाई सम्मान गर्न “KPA Wedding Photo Award 2024” को घोषणा गरेको छ। यो विशेष कार्यक्रम विवाह फोटोग्राफीमा सृजनात्मक क्षणहरूलाई प्रस्तुत गर्ने अवसरका रूपमा आयोजना गरिएको छ।

अवार्डमा सहभागीता

प्रतियोगीहरूले मुख्य विधामा भाग लिन विवाहका अधिकतम २ वटा फोटो पठाउन सक्नेछन् भने सहायक विधा अन्तर्गत विवाहका प्रि वा पोस्ट वेडिङ जाेडी सुटका २ वटा फोटोहरू पठाइ सहभागी हुनका सक्नेछन्। यी दुवै विधामा सहभागी हुनका लागि Google Form https://forms.gle/W21LoZ82u44hMK8x5 भरि फोटो अपलोड गर्नुपर्नेछ। सहायक विधा अन्तर्गतकाे भिडियो विधामा सहभागी हुनका लागि प्रतियोगीहरूले MP4 फर्म्याटमा अधिकतम १ मिनेट ३० सेकेन्ड सम्म लामो र २०० MB भन्दा कम साइजको १ वटा भिडियो Google Drive मा अपलोड गरी लिंक र व्यक्तिगत विवरणसहित kpaweddingphotoaward@gmail.com मिति २०८१ मङ्सिर ३० सम्म पठाउनु पर्नछ ।

सांस्कृतिक संरक्षण र फोटोग्राफीको प्रोत्साहन

काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरेका अनुसार, यो अवार्डको मुख्य उद्देश्य नेपाली विवाह परम्पराको कला र सौन्दर्यलाई प्रोत्साहन गर्नु र यसलाई फोटोग्राफीको माध्यमबाट विश्वसामु चिनाउनु हो।

“यो अवार्डले नेपाली फोटोग्राफरहरूको प्रतिभालाई उजागर गर्दै, उनीहरूको योगदानको कदर गर्नेछ।”

नेपालको फोटोग्राफी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले केपीए वेडिङ्ग फोटो अवार्ड २०२४ घोषणा गरिएको छ। यस एतिहाँसीक अवार्डकाे कार्यक्रम यही २०८१ पाैष १२ गते राष्ट्रिय नाचघर जमलमा हुनेकुरा काठमाडौं फोटोग्राफर संधकाे आधिकारिक फेसबुक मर्फत जानकारि गराइयाे । अवार्डमा नेपालभरका फोटोग्राफरहरूले आफुले खिचेका विवाहका उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन्। जुनसुकै उमेरका नेपाली फोटोग्राफरहरूले सहभागी हुन पाउने कार्यक्रम संयाेजक अानन्द प्रभाकर घिमिरेले जानकारी दिए ।